ललितपुरमा माघ २७ देखि पहिलो र दोस्रो मात्राको खोप लगाइने

हेल्थपोस्ट नेपाल

काठमाडौं – ललितपुरमा आगामी माघ २७ गतेदेखि कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिइने भएको छ। महानगरपालिकाले हालसम्म खोप नलगाएका र दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई माघ २७ देखि फागुन ६ गतेसम्म खोप लगाइने बताएको छ।

खोप ७ ठाउँबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म लगाइने महानगरपालिकाले बताएको छ। पहिलो मात्र खोप लगाउन परिचय खुल्ने कागजपत्र र दोस्रो मात्रा लगाउन पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य ल्याउन पनि महानगरले अनुरोध गरेको छ।

यी ठाउँबाट लगाउन पाइनेछ खोप-

May be an image of text



Leave a Reply

Your email address will not be published.