भारतमा एकैदिन १७३३ कोरोना संक्रमितको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही समयमा २ लाख ८१ हजार १०९ संक्रमित संक्रमणमुक्त भएका छन्।

भारतमा दैनिक संक्रमितको संख्या घटिरहे पनि मृतकको संख्या भने लगातार वृद्धि भइरहेको छ। पछिल्लो २४ घण्टामा १ हजार ७३३ संक्रमितको मृत्यु भएको छ। लगातार पाँचौं दिन मृतकको संख्या बढेको हो। गत मंगलबार १ हजार १९२, सोमबार ९५९, आइतबार ८९३ र शनिबार ८७१ को मृत्यु भएको थियो। यो सँगै भारतमा कुल मृत्यु संख्या ४ लाख ९७ हजार ९७५ पुगेको छ।

यस्तै हालसम्म ३ करोड ९५ लाख ११ हजार ३०७ संक्रमित संक्रमणमुक्त भइसकेका छन्। भारतमा हाल सक्रिय संक्रमितको संख्या १६ लाख २१ हजार ६०३ रहेको छ।

 



Leave a Reply

Your email address will not be published.