थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७ हजार ६७४ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही समयमा ८ हजार २६७ संक्रमित संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ। जसमध्ये ८ लाख ७१ हजार १६५ संक्रमणमुक्त भएका छन् भने ११ हजार ७५२ को मृत्यु भएको छ।

नेपालमा हाल ७४ हजार ६५३ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७३ हजार १७८ होम आइसोलेसनमा र १ हजार ४७५ संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै २७९ को आइसियुमा र ५० को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.