खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट

हेल्थपोस्ट नेपाल

काठमाडौं – सार्वजनिक सेवा लिन काेराेनाविरुद्धकाे खोप कार्ड अनिवार्य गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ता सल्लु तिवारी र सबिन पोखरेलले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं जिल्ला अदालत, महानगरीय प्रहरी परिसर टेकु, आन्तरिक राजश्व कार्यालय नयाँ बानेश्वर, नेपाल बैंक लिमिटेड जमल शाखालाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।

रिटमा लाखौं नेपालीले खोप र नागरिकतालगायतका आवश्यक कागजातको अभावमा खोप लगाउन नपाएका उल्लेख छ। सरकारको यस्तो निर्णयले आफूसहित लाखौं व्यक्तिको सार्वजनिक सेवामा पहुँच घटेको उल्लेख छ।

‘इच्छुक सबै जनतालाई खोप उपलब्ध गराउन सक्ने पूर्ण क्षमता नभएको र इच्छुक सबै जनताले सहजताका साथ खोप पाइनसकेको, खोप नलगाइ गिनी पिग परीक्षणमा बस्दिनँ भन्ने र आयुर्वेदिक तथा प्राकृतिक चिकित्सामा विश्वास गरी खोपको सट्टा वैकल्पिक उपचार पद्धति अवलम्बन गर्ने जनतासमेत भएको स्थितिमा विपक्षीहरुको यस्तो निर्णय गर्न पाउने कुनै कानुनी अधिकार छैन’, रिटमा भनिएको छ।

यस्तो छ रिट-



Leave a Reply

Your email address will not be published.