डा. विजयलाल गुरुवाचार्यको निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं – डा. विजयलाल गुरुवाचार्यको निधन भएको छ। ८३ वर्षीय डा.गुरुवाचार्यको सोमबार निधन भएको हो। उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका प्रथम निर्देशकसमेत हुन्।

यसैबीच, नेपाल चिकित्सक संघले डा. गुरुवाचार्यको निधनमा दु:ख व्यक्त गरेको छ। गुरुवाचार्यले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा अतुलनीय योगदान पुर्याएका र उनको निधनले देशले एक इमान्दार, लगनशील र प्रतिष्ठित प्याथोलोजिस्ट गुमाएकोमा संघले जनाएको छ।



Leave a Reply

Your email address will not be published.