वीरेन्द्र अस्पतालले माग्यो ठूलो संख्यामा मेडिकल अधिकृत र नर्स

हेल्थपोस्ट नेपाल

काठमाडौं – वीरेन्द्र अस्पताल छाउनीमा मेडिकल अधिकृत, बिएन/बिएस्सी नर्स र स्टाफ नर्सका लागि दरखास्त आह्वान गरिएको छ। अस्पतालले आज सूचना जारी गर्दै करार सेवाका लागि दरखास्त आह्वान गरेको हो।

कोरोना संक्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै उपचारलाई सहज र प्रभावकारी बनाउन थप जनशक्तिको आवश्यकता भएको अस्पतालले जनाएको छ।

अस्पतालले ८ मेडिकल अधिकृत, १० बिएन/बिएस्सी नर्स र ५० स्टाफ नर्सको माग गरेको छ। अधिकृतका लागि एमबिबिएस उत्तिर्ण गरी एनएमसी रजिस्टर हुनुपर्ने, बिएन/बिएस्सी नर्सका लागि सम्बन्धित विषय उत्तिर्ण भइ नर्सिङ काउन्सिलमा दर्ता हुनुपर्ने र स्टाफ नर्सका लागि पिसिएल उत्तिर्ण गरी काउन्सिलमा दर्ता हुनुपर्ने उल्लेख छ।

दरखास्त आउँदो माघ २० गतेसम्म अस्पतालमा दिन सकिने सूचनामा उल्लेख छ।



Leave a Reply

Your email address will not be published.