भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढ्दै

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा कोरोना संक्रमितको मृत्यु संख्या लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा यो संख्या ह्वात्तै बढेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार एकैदिन १ हजार १९२ संक्रमितको मृत्यु भएको छ। शनिबार ८७१, आइतबार ८९३ र सोमबार ९५९ संक्रमित भेटिएका थिए।

यस्तै सोही समयमा संक्रमितको संख्यामा भने कमी आएको छ। १ लाख ६७ हजार ५९ संक्रमित थपिएका छन् भने २ लाख ५४ हजार ७६ संक्रमित संक्रमणमुक्त भएका छन्।

योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४ करोड १४ लाख ६९ हजार ४९९ पुगेको छ। जसमध्ये ३ करोड ९२ लाख ३० हजार १९८ संक्रमणमुक्त भएका छन् भने ४ लाख ९६ हजार २४२ को मृत्यु भइसकेको छ।

भारतमा हाल १७ लाख ४३ हजार ५९ सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.