कोभिड-१९ संक्रमण भैसकेका करिब ७८ प्रतिशतमा ‘पोस्टकोभिड मायोकार्डाइटिस’

मायोकार्डाइटिस भनेको मुटुको मांसपेशी (मायोकार्डियम) सुन्निनु हो। सामान्यत: भाइरस वा ब्याक्टेरियाको संक्रमणले मायोकार्डाइटिस हुन्छ। अहिले सार्स-कोभ-२ संक्रमण र परिणामस्वरूप कोभिड-१९ विश्वव्यापी महामारीको रूपमा फैलिएको छ। मुख्यत: श्वासप्रश्वास प्रणालीलाई असर गर्ने भए पनि कोभिड-१९ संक्रमण भैसकेका करिब ७८ प्रतिशत मानिसमा पोस्टकोभिड मायोकार्डाइटिस भएको पाइएको छ। मांशपेशीको सुन्नाइले मुटुको पम्प गर्ने क्षमतालाई कम गर्नसक्छ र हृदयघात, छिटो वा अनियमित हृदय लय (एरिथमिया) वा ‘हर्ट फेलुअर’ हुनसक्छ।

मायोकार्डाइटिसका लक्षणहरूमा छाती दुख्ने, थकान, सास फेर्न गाह्रो हुने र छिटो वा अनियमित मुटुको धड्कन समावेश हुन्छ। गम्भीर मायोकार्डाइटिसले मुटुलाई कमजोर बनाउँछ जसले गर्दा शरीरको बाँकी भागले पर्याप्त रगत प्राप्त गर्दैन। मुटुमा क्लटहरू बन्न सक्छ, जसले स्ट्रोक वा हृदयघात हुनसक्छ।

कोभिडका धेरैजसो बिरामीहरुमा मायोकार्डाइटिस विकसित हुन्छ। त्यसैले कोभिड भैसकेपछि पनि धेरै दिनसम्म छाती दुख्ने, सास फेर्न गाह्रो हुने भयो भने मायोकार्डाइटिस भएको हुनसक्छ। यस्तो अवस्थामा मुटुरोग विशेषज्ञसँग चेकजाँच गराइहाल्नुपर्छ। कहिलेकाँही मायोकार्डाइटिसको लक्षण हृदयघात जस्तै पनि हुनसक्छ। यदि तपाईंलाई संक्रमण भएको छ भने, मायोकार्डाइटिसका लक्षणहरू हेर्नुहोस् र यदि तिनीहरू देखा पर्छन् भने डाक्टरसँग छलफल गर्नुस्।

कार्डियक एमआरआई मायोकार्डियलको सुन्नाइ र मायोकार्डाइटिस भएका बिरामीहरूमा एउटा महत्त्वपूर्ण इमेजिङ मोडालिटी हो। यसले मायोकार्डियल एडेमा र चोटपटकको मूल्याङ्कन गर्न सहयोग गर्छ र व्यवस्थापनलाई मार्गदर्शन गर्न सहयोग गर्छ। बिरामीको नतिजाहरू सुधार गर्न सुन्निएको सम्भावित उपचारयोग्य अन्तर्निहित कारणहरूको पहिचान गर्न पनि कार्डियक एमआरआई ले मद्दत गर्छ।

हृदय रोग विशेषज्ञको सल्लाहअनुसार बेलैमा मायोकार्डाइटिस पत्ता लाग्यो र उपचार भयो भने मायोकार्डाइटिस पूर्णतया सामान्य भएर निको हुन सक्छ। त्यसैले बेलैमा यसको पहिचान गरी उपचार गराइहाल्नु पर्छ। महामारीका बेला हामी सबै सचेत हुन आवश्यक छ।

 



Leave a Reply

Your email address will not be published.