खोप गायब प्रकरण : मौज्दात खोप र लगाएकाहरुको विवरण बुझाउन मन्त्रालयको निर्देशन

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको अभिलेख बुझाउन सूचना जारी गरेको छ। २४ लाख डोज खोप गायब भएका समाचारहरु प्रकाशित भएपछि छानविन गर्न गठित समितिको पहिलो निर्णयको रुपमा सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ जिल्लाका स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहलाई माघ २१ गतेसम्म कोभिडविरुद्धको मौज्दात खोप र खोप लगाइएका व्यक्तिको सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको हो।

२४ लाख डोज खोपको तथ्यांक नभेटिएका सूचनाहरु सार्वजनिक भएपछि आइतबार मन्त्रालयले यसबारे छानविन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो। समितिले दुई हप्तामा प्रतिवेदन तयार पार्ने बताइएको छ।

 



Leave a Reply

Your email address will not be published.