अब त कोरोनाले नछोला कि!

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो र बुस्टर डोजमा पहिले लगाएकै खोप लगाउन नपर्ने बताए पछि काठमाडौं महानगरपालिकाका ६० वर्षमाथि उमेर समूहलाई बुस्टर डोज दिन सुरु गरिएको छ। महानगरका ३२ वटै वडामार्फत बुस्टर डोज दिन थालिएको हो।
मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिले कोभिसिल्ड, एस्ट्राजेनेका, मोडेर्ना, फाइजर वा भेरोसेल खोप लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन सिफारिस गरेको थियो।
सोही निर्णयका आधारमा ६० वर्ष नाघेकाहरुलाई बुस्टर डोजमा कोभिसिल्ड दिन थालिएको हो।
काठमाडौंको महाबौद्ध बिहारमा बुस्टर डोज लगाउँदै गरिएका केही तस्बिर-