खतरनाक ब्लड क्यान्सर : जोखिम कसरी कम गर्ने?

हेल्थपोस्ट नेपाल

काठमाडौं – क्यान्सर एक यस्तो रोग हो जसमा शरीरभित्र कोशिकाहरू असामान्य रूपमा विभाजित हुन्छन्। सामान्य अवस्थामा स्वस्थ कोशिकाहरू शरीरको आवश्यकता अनुसार बढ्छन् र विभाजित हुन्छन्। तर, क्यान्सरको अवस्थामा कोशिकाहरू असामान्य रूपमा बढ्छन् र विभाजित हुन्छन्। कोशिकाहरू आफ्नो उमेर अनुसार मर्छन् वा क्षतिग्रस्त हुन्छन् र तिनिहरुको स्थानमा कोशिकाहरूले प्रतिस्थापित हुन्छ।

ब्लड क्यान्सर के हो?

ब्लड क्यान्सर, जसलाई ल्युकेमिया पनि भनिन्छ त्यसले रगतमा रहेको सेतो रक्त कोशिकाहरूलाई असर गर्छ। यसको मुख्य कारण रक्त कोशिकाको जीनमा हुने केही असामान्य परिवर्तनहरू हुन्। जसका कारण सेतो रक्त कोशिकाहरू असामान्य रूपमा बढ्न थाल्छन्। रगतमा क्यान्सरका कोशिकाको संख्या अत्यधिक बढेपछि स्वस्थ रातो र सेतो रक्त कोशिका र प्लेटलेट्स बढ्नको लागि पर्याप्त ठाउँ पाउँदैनन्। रगतमा स्वस्थ रक्त कोशिकाको कमीका कारण शरीरले सामान्य रूपमा काम गर्न सक्दैन र धेरै स्वास्थ्य समस्याहरू देखा पर्न थाल्छन्।

ब्लड क्यान्सरका अलगअलग प्रकार छन्। जसअनुसार लक्षण पनि फरक-फरक हुन्छन्। तर, यसको प्रमुख लक्षणमा ज्वरो आउने, कमजोरी हुने, थकान महसुस हुने आदि हुन्छ। ब्लड क्यान्सरमा सेतो रक्त कोशिका प्रभावित हुँदा प्रतिरक्षा प्रणालीले सामान्य रुपमा काम गर्न सक्दैन जसका कारण थुप्रै संक्रमण हुने वा रोग लाग्ने खतरा बढ्छ।

ब्लड क्यान्सर कति प्रकारका हुन्छन्?

ब्लड क्यान्सरका मूख्य तीन प्रकार छन्-

ल्युकेमिया – यस प्रकारको रक्त क्यान्सर सेतो रक्त कोशिकाहरूको अत्यधिक उत्पादनको कारण मानिन्छ। जो संक्रमणसँग लड्न असमर्थ हुन्छ। ल्युकेमियालाई चार भागमा विभाजन गर्न सकिन्छ। जुन निम्नानुसार छन्:

पहिलो: एक्युट लिम्फोसाइटिक ल्युकेमिया (यसले बोन म्यारोको सेतो रक्त कोशिकाहरूलाई असर गर्छ र धेरै छिटो फैलिन्छ)।

दोस्रो: एक्युट माइलोइड ल्युकेमिया (यो माइलोइड कोशिकामा उत्पन्न हुन्छ। जो सेतो रक्त कोशिका, रातो रक्त कोशिका र प्लेटलेटहरूमा पाइन्छ। यो पनि धेरै छिटो फैलिन्छ)।

तेस्रो: क्रोनिक लिम्फोसाइटिक ल्युकेमिया (यो बोन म्यारोमा अवस्थित लिम्फोसाइटहरूमा सुरु हुन्छ तर बिस्तारै फैलिन्छ)।

चौथो: क्रोनिक माइलोइड ल्युकेमिया (यसले माइलोइड कोशिकाहरूलाई असर गर्छ र बिस्तारै विकसित हुन्छ)।

लिम्फोमा – रक्त क्यान्सरको यो रूपले लिम्फ प्रणालीलाई असर गर्छ। यो लिम्फ नोड्स, स्पलिन र थाइमस ग्रन्थिमा उपस्थित नशाहरुको एक नेटवर्क हो। लिम्फोमा दुई प्रकारका लिम्फोसाइटहरूमा उत्पन्न हुन्छ:

पहिलो: बी कोशिका (हजकिन लिम्फोमा)

दोस्रो: टी कोशिका (नन-हजकिन लिम्फोमा)

यसले प्रतिरक्षा गतिविधिलाई कमजोर बनाउँछ र लिम्फ नोड्स सूजनको कारण बन्छ।

मायलोमा – यो क्यान्सरले बोन म्यारोको प्लाज्मा कोशिकाहरूलाई असर गर्छ। जसले सेतो रक्त कोशिकाहरूलाई संक्रमण हुनबाट रोक्न एन्टिबडीहरू बनाउने काम गर्छ। माइलोमाले हड्डी, रगत र मिर्गौलालाई क्षति पुर्‍याउँछ। जसको परिणामस्वरूप हड्डी दुख्ने, हड्डी कमजोर हुने/लच्किने, रगतमा क्याल्सियम बढी हुने (हाइपरक्याल्सेमिया), एनीमिया, रक्तस्राव, मृगौला फेल, आदिजस्ता रोगहरू निम्त्याउँछ।

ब्लड क्यान्सरका हुने जोखिम कारकहरु

रक्त क्यान्सरको सही कारण अझै प्रष्ट रुपमा थाहा हुन सकेको छैनर। तर केही कारकहरूले तपाईंमा ब्लड क्यान्सरको जोखिम बढाउन सक्छन्। जसमा:

-परिवारमा कसैलाई ब्लड क्यान्सर भएको

-आणविक रिएक्टरमा काम गर्दा वा क्यान्सरको अघिल्लो उपचारको कारण हाई फ्रिक्वेन्सी को सम्पर्कमा आउनु

-आनुवंशिक विकारहरू जस्तै डाउन सिन्ड्रोम

-बेन्जिन जस्ता हानिकारक रसायनहरूको सम्पर्कमा आउनु

– भाइरल संक्रमण जस्तो- एचआइभी वा इभिवी (Epstein–Barr virus) बाट संक्रमित हुनु

-धुम्रपान र सूर्तीजन्य पदार्थको अत्यधिक उपयोग

-मोटोपना

-कमजोर प्रतिरक्षा प्रणाली

ब्लड क्यान्सरका प्रमुख लक्षण

ब्लड क्यान्सरको कुनै प्रमुख लक्षण हुँदैन। साथै ब्लड क्यान्सरको प्रकार अनुसार यसको लक्षण पनि फरक-फरक हुन्छ। ब्लड क्यान्सरका केही लक्षण निम्नानुसार छन् –

-अत्यधिक थकान र कमजोरी
-सास फेर्न कठिनाई
-चक्कर आउनु
-छाला पहेंलो हुनु
-छातीमा दुखाइ
-चोट लाग्ने
-गिजाबाट रगत बग्नु
-रक्तनली फुटेको कारण छालामा साना रातो दागहरू देखा पर्नु
-धेरै पटक महिनावारी हुनु
-कालो दिसा हुनु वा दिसाबाट रगत आउनु
-ज्वरो आउनु र राति धेरै पसिना आउनु
-आफै तौल घट्नु
-हड्डी दुख्नु
-पेट दुखाइसँगै वाकवाकी लाग्नु
-धेरै तिर्खा लाग्नु
-कब्जियत हुनु
-भोक कम लाग्नु
-खुट्टा सुन्निनु
-छाला चिलाउनु
-हात र खुट्टा सुन्न हुनु र दुखाइ हुनु

ब्लड क्यान्सर परीक्षण

यदि तपाईंले माथिका लक्षणहरू अनुभव गर्नुभएको छ भने तत्काल डाक्टरसँग परामर्श गर्नुस्। डाक्टरले रक्त क्यान्सर पत्ता लगाउन केही परीक्षणहरू गर्न सिफारिस गर्छन्। रक्त क्यान्सरको लागि गर्न सकिने सामान्य क्लिनिकल परीक्षणहरू निम्न हुन्:

कम्प्लिट ब्लड काउन्ट टेस्ट – यो रगत परीक्षणले डाक्टरलाई नमूनामा विशेष प्रकारको रक्त कोशिकाहरुको मात्राका बारेमा विस्तृत जानकारी दिन्छ। यदि रक्त कोशिकाको संख्या सामान्य भन्दा बढी वा कम छ भने, यो ब्लड क्यान्सरको लक्षण हुन सक्छ। यस्तो अवस्थामा डाक्टरले क्यान्सर पुष्टि गर्न दोस्रो परीक्षण पनि सिफारिस गर्न सक्छन्।

ब्लड प्रोटिन टेस्ट – रक्त कोशिकाहरूमा इम्युनोग्लोबुलिनहरू पनि हुन्छन्। जुन इम्यून सेल प्रोटीनहरू हुन् र तपाईंलाई संक्रमणसँग लड्न मद्दत गर्छन्। माइलोमा क्यान्सरको अवस्थामा यी कोशिकाहरूको असामान्य उत्पादन हुन्छ। तसर्थ, तपाईं ब्लड क्यान्सरबाट पीडित हुनुहुन्छ वा हुनुहुन्न भनेर पत्ता लगाउन डाक्टरले ब्लड प्रोटिन टेस्ट परीक्षणको सिफारिस गर्न सक्छन्।

बायोप्सी – यदि सिबिसी रिपोर्टले रक्त कोशिकाको संख्या बढेको वा घटेको देखाउँछ वा ब्लड प्रोटिन टेस्टले इम्युनोग्लोबुलिनको असामान्य स्तर देखाउँछ भने ब्लड क्यान्सर पुष्टि गर्न बोन म्यारो बायोप्सी गरिन्छ।

यसका अतिरिक्त विशिष्ट प्रकारको ब्लड क्यान्सर पत्ता लगाउन फ्लो साइटोमेट्री र साइटोजेनेटिक्स जस्ता अतिरिक्त टेस्ट पनि गर्ने गरिन्छ।

ब्लड क्यान्सरको उपचार

ब्लड क्यान्सरको उपचार यी तीन प्रमुख कारणमा निर्भर गर्छ- क्यान्सरको प्रकार, क्यान्सरको स्टेज र बिरामीको उमेर। केही उपचार विकल्पहरु-

स्टेम सेल प्रत्यारोपण – यस प्रक्रियामा बोन म्यारोबाट स्टेम सेलहरू, पेरिफेरल ब्लड वा उम्बिलिकड कोर्डलाई एकत्रित गरिन्छ र स्वस्थ रगत बनाउने कोशिकाहरूसँग जोडिन्छ।

किमोथेरापी – यसमा क्यान्सर प्रतिरोधी औषधिहरूको प्रयोग गरिन्छ। जसले क्यान्सर कोशिकाहरूको वृद्धिलाई रोक्छ। यी औषधिहरू बिरामीलाई इन्जेक्शन वा मुखबाट ​​दिइन्छ। केही अवस्थामा किमोथेरापी गर्दा एकै समयमा धेरै औषधिहरू लिन आवश्यक हुनसक्छ। कतिपय अवस्थामा ब्लड क्यान्सर भएका बिरामीले किमोथेरापी र त्यसपछि स्टेम सेल प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ।

रेडियशन थेरापी – यसमा क्यान्सर कोशिकाहरू नष्ट गर्न विकिरणको प्रयोग गरिन्छ। तसर्थ स्टेम सेल प्रत्यारोपणअघि विकिरण थेरापी गर्न सुझाव दिइन्छ।

ब्लड क्यान्सरको जोखिम कसरी कम गर्ने?

सुरुमै उल्लेख गरिसकिएको छ कि ब्लड क्यान्सरको सही कारण थाहा छैन। त्यसैले यसलाई रोक्नको लागि कुनै विशेष उपाय छैन। तर, तपाईं स्वस्थ जीवनशैली अपनाएर क्यान्सरको जोखिम कम गर्न सक्नुहुन्छ। यहाँ केही सुझावहरू छन्:

-दैनिक कम्तिमा ३० मिनेट व्यायाम गर्ने बानी बसाल्नुहोस्

-एन्टिअक्सिडेन्ट र पोषक तत्वले भरिपूर्ण सन्तुलित आहारको पालना गर्नुहोस्

-सम्भव भएमा कीटनाशकबाट टाढा रहनुहोस्

-विकिरणको अत्यधिक जोखिमबाट बच्नुहोस्

-धेरै पानी पिउनुहोस् (कम्तीमा तीन लिटर हरेक दिन)

-यदि तपाईं क्यान्सरसँग सम्बन्धित कुनै लक्षणहरू अनुभव गर्दै हुनुहुन्छ भने डाक्टरसँग छलफल गर्नुहोस् र तुरुन्तै उपचार गरिहाल्नुस्

-एजेन्सीहरुको सहयोगमा

स्तन क्यान्सर : लक्षण, जोखिम र बच्ने उपाय



Leave a Reply

Your email address will not be published.