भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या लगातार बढ्दै

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ९१८ कोरोना संक्रमित थपिएका छन्। भारतमा लगातार तेस्रो दिन संक्रमितको संख्या घटेको हो। यसअघि आइतबार २ लाख ३४ हजार २८१ र शनिबार २ लाख ३५ हजार ५३२ संक्रमित थपिएका थिए।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार सोही समयमा ९५९ संक्रमितको मृत्यु भएको छ। भारतमा संक्रमित हुनेको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या बढिरहेको छ। आइतबार ८९३ र शनिबार ८७१ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ६२८ संक्रमित संक्रमणमुक्त भएका छन्। भारतमा हाल सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार २६८ रहेको छ।

यो सँगै भारतमा हालसम्म संक्रमण हुनेको संख्या ४ करोड १३ लाख २ हजार ४४० पुगेको छ। जसमध्ये ३ करोड ८९ लाख ७६ हजार १२२ संक्रमणमुक्त भएका छन् भने ४ लाख ९५ हजार ५० को मृत्यु भएको छ।



Leave a Reply

Your email address will not be published.