कोभिड प्रतिबन्धविरूद्ध क्यानडामा ट्रक र्‍याली, प्रधानमन्त्रीलाई सुरक्षा ‘थ्रेट’

हेल्थपोस्ट नेपाल

एजेन्सी – क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवारले कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरूद्ध विरोध प्रदर्शन उत्कर्षमा पुगेपछि बसाइनै सर्नु परेको छ।

प्रदर्शनकारी ट्रकसहित विरोधमा उत्रिएपछि राजधानीमा रहेको घर छोडेर प्रधानमन्त्री जस्टिन र उनको परिवारलाई सुरक्षा ‘थ्रेट’ का कारण अनेत्र बसाइ सारिएको क्यानाडाली सञ्चारमाध्यमले जनाएका छन्।

ती सञ्चारमाध्यमले जनाएअनुसार ट्रूडो र उनको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको छ। सीबीसीका अनुसार शनिबार ट्रुडो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानरसहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रीटमा भेला भइरहेका थिए।

यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड-१९ नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए।



Leave a Reply

Your email address will not be published.