भारतमा ७५ प्रतिशत नागरिकले लगाए कोभिडको पुर्ण खोप

काठमाडौं- भारतमा हालसम्म ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन्।
ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै नागरिकहरुलाई बधाई दिएका छन्। ७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् । यो महत्वपूर्ण उपलब्धीका लागि हाम्रा नागरिकहरुलाई बधाई दिन चाहन्छु । हाम्रो खोप अभियानलाई सफल बनाउने सबै जनाप्रति गर्व महशुस गर्छु,’ प्रधानमन्त्री मोदीले ट्विट गरेका छन्।
यसअघि केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्दाभियाले देशको ७५ प्रतिशत नागरिकले कोभिडविरुद्ध खोप लगाएको बताएकी थिइन्।