पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने बढी

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार ५६२ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ५ हजार ९२४ संक्रमित संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १० लाख ७३ हजार ८३६ पुगेको छ। जसमध्ये ८ लाख ४८ हजार ३६० संक्रमणमुक्त भएका छन् भने ११ हजार ७०३ संक्रमितको मृत्यु भइसकेको छ।

देशभर हाल ८७ हजार ३२९ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८५ हजार ६३६ होम आइसोलेसनमा र १ हजार ६९३ संस्थागत आइसोलेसनमा रहेका छन्। २८६ को आइसियुमा र ४७ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published.