खोपको पूर्णमात्रा लगाएका दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरुको आज (शनिबार) मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका-३ प्रगतिनगरका ७३ वर्षीय पुरुष र बाराको कलैया उपमहानगरपालिकाकी ६५ वर्षीया महिला रहेका छन्। ७३ वर्षीय पुरुष र ६५ वर्षीया महिलालाई संक्रमणपछि स्वास्थ्य अवस्था जटिल हुँदा गत शुक्रबार भर्ना गरिएको थियो। दुवैले कोरोनाविरुद्धको दुवैमात्रा खोप लगाइसकेका थिए।

 

 



Leave a Reply

Your email address will not be published.