दक्षिण अफ्रिकामा फेरि फैलियो ‘नियोकोभ’ नामको अर्को भाइरस, मानिसका लागि कतिको खतरनाक?

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण अफ्रिकामा फाइएको नियोकोभ कोरोना भाइरसको खतराबारे अध्ययन जरुरी रहेको बताएको छ। चिनियाँ अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको नयाँ रुप फेल परेको दाबी गरेका छन्। हाल यो भाइरस जनावरबीच तीव्र रुपमा फैलिइरहेको छ।

एक अध्ययनमा अनुसन्धानकर्ताहरुले यो भाइरस भविष्यमा मानवका लागि खतरनाक हुने दाबी गरेका छन्। हाल विश्वमा कोरोना भाइरसका विभिन्न भेरियन्ट भेटिएका छन्, जसले सामान्य रुघा लगाउनेदेखि गम्भीर श्वासप्रश्वासका समस्या निम्त्याउँछन्।

डब्लुएचओले मानिसमा देखिने सबै प्रकारका संक्रामक रोगका ७५ प्रतिशतभन्दा स्रोत जनावर भएको बताएको छ। त्यसमध्येमा पनि जंगली जनावरबाट बढी सर्ने बताइन्छ। कोरोना भाइरस खासगरी जनावरमा पाइन्छ। चमेरा कैयौं भाइरसको प्राकृतिक भण्डार मानिन्छ।

अध्ययनका अनुसार नियोकोभ कोभिड १९ जस्तै मानवीय कोशिकासँग सम्बन्धित हुनसक्छ। एउटा म्युटेशनपछि नियोकोभ मानिसका लागि खतरनाक बन्न सक्छ। यो भाइरस मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोमसँग मेल खाने बताइन्छ। यो भाइरल रोग सबैभन्दा पहिले साउदी अरबमा पाइएको थियो।

मर्स–कोभ भाइरसको मृत्युदर सबैभन्दा बढी हुने बताइन्छ। यसका तीन संक्रमितमध्ये एक जनाको मृत्यु हुने सम्भावना रहेको बताइन्छ। हाल देखिएको सार्स कोभ२ भाइरसको संक्रमण दर पनि बढी छ।

मर्स–कोभ भाइरसको लक्षण भने सार्स कोभ २सँग मिल्दोजुल्दो हुने बताइन्छ। यसमा पनि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्याजस्ता लक्षण देखिन्छन्। यो रोग सबैभन्दा पहिलो सन् २०१२ मा साउदी अरबमा पाइएको थियो। २०१५ सम्म मध्यपूर्वमा यसले महामारीको रुप लिएको थियो।

अनुसन्धानकर्ताका अनुसार सार्स कोभ २ र मर्स कोभका लागि बनाइएको भ्याक्सिन नियोकोभमा प्रभावकारी हुने सम्भावना छैन।



Leave a Reply

Your email address will not be published.