थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ८९ हजार ९४१

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ८६९ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ५ हजार ४३२ संक्रमित संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ।

योसँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ। जसमध्ये ८ लाख ४२ हजार ४३६ संक्रमणमुक्त भएका छन् भने ११ हजार ६९७ को मृत्यु भएको छ।

देशभर ८९ हजार ९४१ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८८ हजार ८४ होम आइसोलेसनमा र १ हजार ८५७ संस्थागत आइसोलेसनमा रहेका छन्। २५६ संक्रमितको आइसियुमा र ४५ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.