खोपमा सरकारको सक्रिय सहभागिताले ठूलो जोखिम कम गरायो : स्वास्थ्यमन्त्री खतिवडा

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोप अभियानमा सरकारको सक्रिय सहभागिताले दोस्रो तथा तेस्रफ लहरमा हुनसक्ने निकै ठूलो क्षतिलाई कम गरेको बताएका छन्। नेपालमा खोप अभियान सुरु भएको एक वर्ष पुगेको अवसरमा सन्देश जारी गर्दै मन्त्री खतिवडाले अझै कोरोना संक्रमणको जोखिम कायमै रहेको र धेरैलाई अझै खोप लगाउन बाँकी रहेको बताए।

‘खोप अभियानमा हाम्रो सक्रिय सहभागिताले दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने निकै ठूलो जोखिमलाई कम गर्न सकिएको छ। कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको तथा हामीकहाँ अझै धेरैजना कोभिड-१९ को खोप लगाउन बाँकी रहनुभएकोले यसलाई तीव्रताका साथ अगाडि बढाउन र बाँकी उमेर समूहलाई समेत खोपको व्यवस्था गर्नुपर्ने छ।’, खतिवडाले भनेका छन्।

उनले खोप अभियान सुचारु गर्न सहयोग र सहजीकरण गर्ने सम्पूर्ण तहका सरकार तथा संघसंस्था र स्वास्थ्यकर्मीहरुलाई धन्यवाद व्यक्त गरेका छन्। साथै कोभिड-१९ को महामारीबाट बाहिर आउन सबैको सहयोग अपरिहार्य रहेको बताएका छन्।

May be an image of text



Leave a Reply

Your email address will not be published.