स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई कोरोना संक्रमण

काठमाडौं – स्वास्थ्य सचिव डा.रोशन पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार बिहान पिसिआर परीक्षण गर्दा नतिजा पोजेटिभ आएको सचिव पोखरेलले जानकारी दिए।
‘बुधबारदेखि जिउ दुख्ने, ज्वरो आउने भएपछि आज परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। अहिले घरमै आइसोलेसनमा बसिरहेको छुँ’, पोखरेलले भने।
यसअघि मन्त्रालयकै अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। यसअधि स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रा, सह प्रवक्ता डा. समीर अधिकारीलगायत दर्जन बढीलाई कोरोना संक्रमण भएको थियो।