८ हजार १७ कोर‍ोना संक्रमित थपिए, १५ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोर‍ोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २१ हजार ८०८ नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ५ हजार २९२ संक्रमित संक्रमणमुक्त भएका छन् भने १५ संक्रमितको मृत्यु भएको छ।

योसँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ। जसमा संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३७ हजार ४ रहेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ।

हाल देशभर ९० हजार ५७६ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८८ हजार ६४२ होम आइसोलेसनमा र १ हजार ९३४ संस्थागत आइसोलेसनमा रहेका छन्। २५७ संक्रमितको आइसियु र ४९ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published.