बजार पठाउन ठिक्क पारिँदै ‘सिटामोल’ (तस्बिरहरु)

हेल्थपोस्ट नेपाल

काठमाडौं – केही दिनयता सिटामोलको अभाव नेपालभर देखिएको छ। बढ्दै गरेको कोरोना संक्रमणका बीच बजारमा देखिएको सिटामोल अभावले नागरिकमा चिन्ता बढाएको छ।

बढ्दो कोरोना संक्रमण र मौसमी रुघाखोकीका कारण सर्वसाधारणले बढीमात्रामा औषधि खरिद गरिरहेकाले बजारमा अभाव देखिएको हुनसक्ने औषधि व्यवस्था विभागले बताउँदै आएको छ। उसले बढीमात्रामा सञ्चित गरेर नराख्न पनि सर्वसाधारणलाई आग्रह गरिरहेको छ।

यता नेपाल औषधि लिमिटेडले पनि सिटामोलको उत्पादन नरोकिएको र निरन्तर बजारमा पठाइएको बताउँदै आएको छ। लिमिटेडले दैनिक ३ लाख हाराहारीमा सिटामोल उत्पादन गर्दै आएको र ति सबै बजारमा पठाइने गरेको सूचना अधिकारी टिकाराम अर्यालले बताए।



Leave a Reply

Your email address will not be published.