के उपत्यकामा जोर-विजोर हटाउन लागिएको हो?

हेल्थपोस्ट नेपाल

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्याधिक बढेपछि गत शनिबार (माघ ८) गतेदेखि सवारी साधनमा जोर-विजोर प्रणाली लागू गरिएको थियो। तर, व्यापक जनगुनासो आएपछि एकसाता नपुग्दै हटाउने बारे छलफल हुन थालेको छ।

‘जोर-विजोरले सवारी साधनमा भिडभाड झनै बढाएको र अव्यवहारीक भएको गुनासो आएपछि यसबारे हामी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छौं।’, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हेल्थपोष्टलाई भनिन्।

स्कुल कलेजमात्र बन्द भएको तथा अन्य सबै कार्यालयहरु खुला नै रहेको अवस्थामा सार्वजनिक सवारी साधनमा जोर-विजोर लागू गरिँदा भिड बढ्नु स्वभाविक नै हो। कोरोना संक्रमण घटाउन उपत्यकाका प्रशासनले गरेको यो निर्णयले झनै जोखिम बढाएको छ।

‘यसबारे हामीहरुले समीक्षा गरिरहेका छौं। हटाउने भन्ने निर्णय भएको छैन। सरोकारपक्ष सबैको राय तथा सल्लाह सुझावमा के गर्ने भन्ने निर्णय हुन्छ। आज-भोलिमै निर्णय गर्छौं।’, उनले भनिन्।



Leave a Reply

Your email address will not be published.