धनगढीमा कोरोना संक्रमित एकजनाको आज बिहान मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आज बिहान एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। गोदावरी नगरपालिका-५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ७:१० बजे निधन भएको हो।

श्वासप्रश्वासमा समस्या हुँदा गत मंगलबार पिसिआर परीक्षण गर्दा उनको नतिजा पोजेटिभ आएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।



Leave a Reply

Your email address will not be published.