भारतमा थपिए २ लाख ८६ हजार कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत बुधबार २ लाख ८५ हजार ९१४ संक्रमित थपिएका थिए।

यस्तै सोही समयमा ५७३ संक्रमितको मृत्यु भएको छ भने ३ लाख ६ हजार ३५७ संक्रमित संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ३ करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ भने ४ लाख ९१ हजार ७०० को मृत्यु भइसकेको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार ४७२ रहेको छ।



Leave a Reply

Your email address will not be published.