भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय किशोरको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १०:३० बजे मृत्यु भएको थियो। भेरी अस्पतालमा यही माघ १० गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो।

यस्तै कालिकोट शुभकालिका वडा नं ५ निवासी १६ वर्षीय किशोरको भेरी अस्पतालमा बुधबार बिहान ११:१५ बजे मृत्यु भएको छ। यही माघ ४ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको वलीले बताए।



Leave a Reply

Your email address will not be published.