थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कुल २० हजार ३५९ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ५ संक्रमितको मृत्यु भएको छ भने ४ हजार ४३३ संक्रमित संक्रमणमुक्त भएका छन्।

यो सँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ५४ हजार ८८ पुगेको छ। जसमध्ये ८ लाख ३१ हजार ७१२ संक्रमणमुक्त भएका छन् भने ११ हजार ६७२ संक्रमितको मृत्यु भएको छ।

देशभर हाल ९० हजार ६७ सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.