जसपा नेता बाबुराम भट्टराईलाई पनि कोरोना संक्रमण

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। उनले आफू पुन: सतर्क भए पनि कोरोना संक्रमित भएको बताएका हुन्।
भट्टराईले आफूमा सामान्य लक्षण मात्र देखिएको र अवस्था सामान्य रहेको बताएका छन्। उनले आफूनिकट आएकाहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।
‘सतर्कताका बाबजुद मलाई COVID-19 ले पुन: संक्रमण गरेको छ। PCR रिपोर्ट +ve आएको छ! लक्षण सामान्य छ। केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाकानिम्ति क्षमाप्रार्थी छु।’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।