१० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धि मधेसमा, सबैभन्दा कम गण्डकीमा

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा सबैभन्दा बढी जनसंख्या मधेश प्रदेशमा रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार मधेस प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २ सय ८८ पुगेको हो। यहाँको वृद्धिदर १.२५ प्रतिशत छ।

यसअघि २०६८ सालको जनगणनामा तराई–मधेशका ८ जिल्लाको जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ थियो। दशवर्षमा यहाँ जम्मा १३ दशमलब ३६ प्रतिशतले जनसंख्या वृद्धि भएको छ।

यस्तै, मधेस प्रदेशपछि सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा छ। यहाँ ६० लाख ८४ हजार ४२ जनसंख्या छ। यहाँको वृद्धिदर ०.९६ प्रतिशत छ। बागमतीमा अघिल्लो जनगणनामा यहाँ ५५ लाख २९ हजार ४ सय ५२ जनसंख्या थियो। १० वर्षमा यहाँको जनसंख्या १०.०३ प्रतिशतले वृद्धि भएको पाइएको छ।

यस्तै, लुम्बिनीमा ५१ लाख २४ हजार २ सय २५, गण्डकीमा २४ लाख ७९ हजार ७ सय ४५, सुदूरपश्चिममा २७ लाख ११ हजार २ सय ७० र कर्णालीमा १६ लाख ९४ हजार ८ सय ८९ जनसंख्या रहेको छ। दशवर्षम सबैभन्दा कम जनसंख्या वृद्धि गण्डकीमा ३.१६ प्रतिशत भएको पाइएको छ। यहाँ जम्मा ७५ हजार ९ सय ८८ जनामात्र थपिएका छन्।



Leave a Reply

Your email address will not be published.