बदाम खानुका फाइदा : मधुमेहदेखि तौल कम गर्न प्रभावकारी

हेल्थपोस्ट नेपाल

काठमाडौं – ड्राइ फ्रुटलाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। दैनिक एक मुट्ठी ड्राई फ्रुट खाँदा शरीरलाई धेरै फाइदा हुन्छ। यस्तै ड्राइ फ्रुटमध्ये एक हो बदाम। बदाम एउटा यस्तो ड्राई फ्रुट हो जसलाई स्वास्थ्यकर्मीले नियमित सेवन गर्न सिफारिस गर्छन्।

बदामले चिसो मौसममा शरीर न्यानो बनाइराख्न मद्दत गर्छ। त्यसैले जाडो मौसममा बदामको सेवन निकै फाइदाजनक मानिन्छ। बदाममा क्याल्सियम, म्याग्नेसियम, म्याग्नीज, भिटामिन के, भिटामिन ई, प्रोटिन, जिंक र कपर जस्ता पोषक तत्वहरू पाइन्छ, जसले शरीरलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ। तौल घटाउनका लागि पनि बदाम उपयोगी मानिन्छ।

बदाम खानुका फाइदा

मधुमेहका लागि – यदि तपाईं मधुमेह रोगी हुनुहुन्छ भने बदाम खानु तपाईंको लागि फाइदाजनक हुनसक्छ। बदाममा पाइने पौष्टिक तत्वले मधुमेहमा फाइदा गर्छ। बदामको सेवनले मधुमेहको जोखिमलाई कम गर्न मद्दत गर्छ।

पाचन प्रक्रिया बलियो बनाउन – जाडो मौसममा धेरैलाई पाचन समस्याले सताउँछ। पाचनसम्बन्धी समस्याबाट छुटकारा पाउन बदामको सेवन गर्न सकिन्छ। बदाममा राम्रो मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई राम्रो बनाउन मद्दत गर्छ।

हड्डी बलियो बनाउन – जाडो मौसममा हाम्रो हड्डी निकै कमजोर हुन्छ। हड्डी कमजोर हुनुको एउटा कारण शरीरले उचित घाम नपाउनु पनि हो। हड्डीलाई मजबुत बनाउनको लागि खानामा बदाम समावेश गर्न सकिन्छ।

तौल कम गर्न – तौल घटाउनका लागि बदाम निकै उपयोगी मानिन्छ। बदाममा पाइने फाइबर, प्रोटिनले लामो समयसम्म पेट भरिराख्न मद्दत गर्छ। जसका कारण धेरै खानेकुरा त्याग्दा तौल नियन्त्रण गर्न मद्दत मिल्छ।

छाला स्वस्थ र चम्किलो बनाउन – जाडो मौसममा हाम्रो छाला निकै सुख्खा र निर्जीव देखिन्छ। छालालाई स्वस्थ राख्नका लागि बदामको सेवन गर्न सकिन्छ। बदाममा भिटामिन ई, म्याग्नीज, कपर र फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ जसले छालालाई स्वस्थ र चम्किलो बनाउन मद्दत गर्छ।



Leave a Reply

Your email address will not be published.