जनस्वास्थ्यका मापदण्ड किन अपनाउने?

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गरेमात्र कोरोना महामारी नियन्त्रण हुनसक्ने बताएको छ।

जनस्वास्थ्यका मापदण्ड किन अपनाउने?

मास्क लगाउने – सही तरिकाले मास्कको प्रयोग गर्नाले एक व्यक्तिबाट अर्कोमा भाइरस सर्नबाट जोगाउँछ। सधैं नाक, मुख र चिउँडो राम्ररी छोपिने गरी मास्क लगाउनुपर्छ।

साबुनपानीले हात धुने – साबुनपानीले हात धुँदा त्यसले भाइरसलाई निष्क्रिय बनाउँछ। त्यसैले बेलाबेलामा साबुनपानीले २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्छ।

स्यानिटाइजर प्रयोग गर्ने – साबुनपानीले झैं स्यानिटाइजरले पनि हातको सफाइ गर्छ। त्यसैले साबुनपानीले हात धुन सम्भव नहुँदा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ।

भौतिक दूरी कायम गर्ने – भौतिक दूरीले एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्नबाट रोक्छ। त्यसैले अन्य व्यक्तिसँग सधैं कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्छ।

खोप लगाउने – कोभिड-१९ विरुद्धको खोपले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाइ गम्भीर संक्रमण हुन दिँदैन। त्यसैले खोप लगाउन बाँकी सबैले खोप लगाउनुस्।



Leave a Reply

Your email address will not be published.