भारतमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड नाघ्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८५ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या मंगलबारको तुलनामा ३० हजार ४० ले बढी हो। मंगलबार २ लाख ५५ हजार ८७४ जनामा संक्रमण पुष्टि भएको थियो।

यस्तै सोही समयमा २ लाख ९९ हजार ७३ संक्रमित संक्रमणमुक्त भएका छन् भने ६६५ संक्रमितको मृत्यु भएको छ। यो सँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ३ करोड ७३ लाख ७० हजार ९७१ पुगेको छ। यस्तै मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार १२७ पुगेको छ।

यसैबीच भारतमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड नाघेको छ। आज पुष्टि भएका केससँगै हालसम्म संक्रमित हुनेको संख्या ४ करोड ८५ हजार ११६ पुगेको हो।

भारतमा हाल २२ लाख २३ हजार १८ सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.