मेडिकल कजेजविरुद्धको विद्यार्थी आन्दोलन स्थगित, के कुरामा भयो सहमति?

हेल्थपोस्ट नेपाल

काठमाडौं – मेडिकल कलेजको अतिरिक्त शुल्क खारेजको माग गर्दै आएका आन्दोलनरत विद्यार्थीले विरोधका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरिएको जनाएका छन्। काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई निसर्त कक्षामा सामेल गराई अनिवार्य रूपमा पठनपाठन गराउन काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई निर्देशन दिएपछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन्।

आन्दोलनरत ८ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित भएको बताएका हुन्। विश्वविद्यालयले दुवै मेडिकल कलेजलाई पत्र पठाउँदै कलेजमा भर्ना भएका विद्यार्थीलाई अनिवार्य पठनपाठन गराउन निर्देशन दिएको हो। विश्वविद्यालयले सम्बन्धन शुल्क विद्यार्थीलाई नै फिर्ता गर्ने र होस्टललाई ऐच्छिक गर्न पनि निर्देशन दिएको छ।

नोबेल र काठमाडौं मेडिकलले होस्टल अनिवार्य गर्दै ४ लाख ८० हजार अतिरिक्त शुल्क मागेपछि चिकित्साशास्त्रका विद्यार्थी आन्दोलित भएका थिए। निर्णय कार्यान्वयन नभए पुनः सशक्त आन्दोलन गर्नेसमेत उनीहरुले चेतावनी दिएका छन्।



Leave a Reply

Your email address will not be published.