विमानस्थलमा कोरोना परीक्षण गर्ने प्रयोगशाला नै मापदण्डविपरीत, तीन वटालाई मान्यता

विदेश जाने यात्रुको कोरोना परीक्षण गर्न विमानस्थलभित्र खुलेका प्रयोगशाला नै मापदण्डविपरीत पाइएका छन्।

सरकारको प्रमुख प्रयोगशाला नियमक निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा संचालिन १२ मध्ये ९ वटा प्रयोगशाला मापदण्ड नपुगेको पाएपछि तोकिएको निश्चित परीक्षणमा रोक लागेको छ।

युएईको परीक्षणका लागि भन्दै प्रयोगशालाको टोलीले १२ वटा प्रयोगशालाको निरीक्षणपछि स्टार अस्पताल, सुमेरु अस्पताल र महेन्द्रनारायणनिधि अस्पतालको प्रयोगशालाले मात्रै अनुमति पाए।

अन्य प्रयोगशालाले एयरपोर्टभित्र कोभिड–१९ पीसीआर परीक्षणका लागि कलेक्सन सेन्टर मात्रै चलाएको पाइएको छ।

सरकारले कोभिड परीक्षणका लागि कलेक्सन सेन्टरमात्रै चलाउँने प्राब्धान नरहेको र विमानस्थल परिसरमा कलेक्सन सेन्टरको रुपमा मात्रै कार्य गरिरहेको पाइएकाले आजकै मितिदेखि उक्त कार्य नगर्न निर्देशन दिएको छ।

निर्देशक डा. रुना झाकै नेतृत्वको अनुगमन टोलीले निरीक्षणपछि एक विज्ञप्ति जारी गर्दै आफूले अनुगमन गरेका ती ल्याबलाई मात्रै परीक्षण अनुगमती दिएको जनाएको छ ।

योसँगै एयरपोटमा चलेका विवादित प्रयोगशालाहरु क्रिष्टललगायतको गुणस्तर र विश्वासनीयतामा प्रश्न उब्जिएको छ।

जानकारहरुले मापदण्ड नपुगेकै कारण अन्य प्रयोगशालाले अनुमति नपाएको अवस्थामा तत्काल ती प्रयोगशालालाई परीक्षण स्थगन गरेर थप छानविन र कारवाहीको प्रक्रिया अगाडि बढाउँनुपर्ने माग गरेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञप्तिमा माघ ११ गते भएको स्थलगत निरीक्षणमा सुमेरु अस्पताल, स्टार अस्पताल र महेन्द्र नारायण निधी अस्पतालले चलाएका प्रयोगशालाले मात्रै सोही स्थानमा कोभिड परीक्षण गर्ने पाइएकाले उक्त प्रयोगशाला स्वीकृत कार्यविधि बमोजिम उक्त स्थानमा युएई जाने यात्रुहरुको कोभिड–१९ परीक्षण गर्न अनुमति प्रदान गरिएको ब्यहोरा जानकारी गराइन्छ भन्ने उल्लेख छ।

 

 



Leave a Reply

Your email address will not be published.