एकैदिन थपिए १२ हजार ८ कोरोना संक्रमित, सक्रियको संख्या ८८ हजार ९३४ पुग्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १२ हजार‍ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कुल २५ हजार ९०९ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ८ संक्रमितको मृत्यु भएको छ भने ३ हजार ४० संक्रमित संक्रमणमुक्त भएका छन्।

यो सँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ। जसमध्ये ८ लाख २७ हजार २७९ संक्रमणमुक्त भएका छन् भने ११ हजार ६६७ संक्रमितको मृत्यु भएको छ।

देशभर हाल ८८ हजार ९३४ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८७ हजार ११७ होम आइसोलेसनमा र १ हजार ८१७ संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै २४५ संक्रमितको आइसियुमा र ४४ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.