भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ। कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार यही माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। कोरोना संक्रमणबाट बाँके जिल्लामा मृतकको संख्या ३४६ पुगेको छ।