सुदूरपश्चिममा पनि ओमिक्रोनको ‘इन्ट्री’, चारजनामा पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टस भएको छ। सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार चारजनामा ओमिक्रोन पुष्टि भएको हो।

काठमाडौंमा पठाइएका शंकास्पद १४६ नमुनामध्ये चारजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सबै नमुना त्रिनगर नाकाबाट संकलन गरिएका हुन्।

संक्रमण पुष्टि भएकाहरुमा विथडचिर-२ बझाङ का ३३ वर्षीय पुरुष, पूर्वीचौकी-७ डोटीका ४८ वर्षीय पुरुष, पुनर्वास-२ कञ्चनपुरका २९ वर्षीय पुरुष र दोधाराचाँदनी-२ कञ्चनपुरका ४२ वर्षीय पुरुष रहेका मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए।



Leave a Reply

Your email address will not be published.