भारतमा भयानक सडक दुर्घटना, सात मेडिकल विद्यार्थीको मृत्यु

काठमाडौं – भारतमा भएको भयानक सडक दुर्घटनामा परी सात मेडिकल विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा महाराष्ट्रको तिरोडा विधानसभा क्षेत्रका बिजेपी विधायक विजय रहाङ्गडाका छोरा अविष्कारसमेत रहेका छन्।
दुर्घटना महाराष्ट्रको वर्धामा भएको थियो। उनीहरु गइरहेको कारअघि जंगली जनावर आएको र त्यसलाई बचाउन खोज्दा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ।
उनीहरु सवाङ्गी मेघे मेडिकल कलेजमा अध्ययनरत थिए।