भारतमा ह्वात्तै घट्यो कोरोना संक्रमण, संक्रमित हुनेभन्दा निको हुने बढी

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा ठूलो गिरावट आएको छ। पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ८४७ संक्रमित थपिएका छन्। यो संख्या सोमबारको तुलनामा ५० हजार १९० ले कम हो।

सोही समयमा २ लाख ६७ हजार ७५३ संक्रमित संक्रमणमुक्त भएका छन्। यसरी हेर्दा संक्रमित हुनेको संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या पनि बढेको छ। यस्तै पछिल्लो २४ घण्टामा ६१४ संक्रमितको मृत्यु भएको छ।

भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार ४६२ पुगेको छ भने ३ करोड ७० लाख ७१ हजार ८९८ संक्रमित संक्रमणमुक्त भएका छन्। हाल भारतमा २२ लाख ३‍६ हजार ८४२ सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.