थप २३ लाख ४० हजार मात्रा मोडेर्ना खोप आज आइपुग्दै, कसले पाउनेछन्?

काठमाडौं – कोरोनाविरुद्धको २३ लाख ४० हजार मात्रा मोडेर्ना खोप आज बिहान नेपाल आइपुग्दै छ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले सोमबार १६ लाख ६० हजार मात्रा खोप नेपाल आइपुगेको बताउँदै बाँकी २३ लाख ४० हजार मात्रा आज आइपुग्ने बताए।
अमेरिकी खोप कोभ्याक्समार्फत विश्व बैंकको सहुलियतमा आउन लागेको हो। ४० लाख मात्रा खोपमध्ये सोमबार १६ लाख ६० हजार मात्रा खोप आएको र बाँकी आज आउन लागेको हो।
त्यसअघि पनि ३८ लाख मोडेर्ना खोप नेपाल आइसकेको छ। यो खोप बाँकी रहेका १८ वर्षमुनिका बालबालिकालाई लगाइने डा. चौरसियाले बताए।