थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ८२ हजार ५५०

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २१ हजार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण देखिएको हो।

सोही समयमा २ हजार ५४० संक्रमित संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

यो संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ। जसमध्ये ८ लाख २४ हजार २३९ संक्रमणमुक्त भएका छन् भने ११ हजार ६५९ संक्रमितको मृत्यु भइसकेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको छ। जसमध्ये ८० हजार ७७९ होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ संस्थागत आइसोलेसनमा रहेका छन्। २३८ को आइसियुमा र ४३ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published.