मेची अस्पताललाई भेन्टिलेटर

हेल्थपोस्ट नेपाल

झापा – अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ। सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बारकोटीलाई हस्तान्तरण गरेका हुन्।

जिल्लामा कोभिड-१९ को तेस्रो भेरियन्टका कारण संक्रमितको संख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले अस्पताललाई भेन्टिलेटर सेट हस्तान्तरण गरिएको नरेसो जिल्लाका सभापति ढकालको भनाइ छ। उनले भेन्टिलेटर सेटलाई आवश्यक पर्ने ९० थान आवश्यक उपकरण प्रदान गरिएको जानकारी दिए। अस्पतालमा यो सहित १८ वटा भेन्टिलेटर सेट भएका छन्।



Leave a Reply

Your email address will not be published.