गर्भावस्थापछि बढेको तौल कसरी घटाउने?

हेल्थपोस्ट नेपाल

काठमाडौं – महिलाहरु प्रायः गर्भावस्थापछि तौल बढ्ने समस्याको सामना गर्छन्, यसलाई ‘पोस्टपार्टम वेट’ वा ‘बेबी वेट’ पनि भनिन्छ। गर्भावस्थापछि महिलाको तौल ६ देखि १५ किलोसम्म बढ्न सक्छ। बच्चा जन्माएपछि धेरै महिलाको तौल सामान्य हुन्छ तर, धेरै महिलालाई आफ्नो तौल पहिलेको जस्तो कायम राख्न गाह्रो हुन्छ। तर, यदि तपाईंको खानपान र दिनचर्या राम्रो छ भने गर्भावस्थामा बढेको तौल घटाउनु धेरै गाह्रो काम होइन।

तौल घटाउन व्यायाम गर्नुअघि डाक्टरसँग भने एकपटक अवश्य सल्लाह लिनुहोस्। आहारमा बारेमा पनि सल्लाह गर्नुस्। यदि तपाईं तौल घटाउन कठिन डाइटिङ सुरु गर्दै हुनुहुन्छ भने डाक्टरसँग परामर्शपछि मात्र त्यसो गर्नुहोस्। तर, तपाईं खानपानमा केही हल्का र आवश्यक परिवर्तनहरू भने गर्नसक्नुहुन्छ।

गर्भावस्थापछिको तौल घटाउन यसो गर्नुस्-

-आमा बनेपछि महिलाले आफूसँगै आफ्नो बच्चाको स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ किनभने तपाईंले उसलाई स्तनपान पनि गराउनुहुन्छ। त्यसकारण तपाईंलाई कम्तिमा १८ सयदेखि २२ सयसम्म क्यालोरी चाहिन्छ। प्रोटिन र कार्बोहाइड्रेटयुक्त खाना खानुहोस्।

-ताजा फलफूल र तरकारीहरू स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन्। त्यसैले प्रोसेस्ड चीजहरू खानुको सट्टा ताजा र घरमा बनाएका चीजहरू खाने प्रयास गर्नुहोस्।

-बच्चा जन्मेको केही महिनासम्म कुनै पनि प्रकारको भारी कसरत वा व्यायाम गर्नु हुँदैन। हल्का पैदल यात्राबाट सुरु गर्नुहोस्।

-बच्चालाई स्तनपान गराउनु बच्चाको लागि मात्र फाइदाजनक छैन तपाईंका लागि पनि उत्तिकै फाइदाजनक छ। अध्ययनहरूले स्तनपान गराउने आमाको तौल पनि कम हुने बताएका छन्।

-फाइबरयुक्त खाना तौल घटाउन फाइदाजनक हुन्छ। यिनीहरू खाँदा धेरै समयसम्म पेट भरिपूर्ण रहन्छ, जसले गर्दा धेरै खाने कुराबाट बच्न सकिन्छ।



Leave a Reply

Your email address will not be published.