कोरोना संक्रमणबाट बच्न सुरक्षितरुपमा व्यापार-व्यवयास कसरी गर्ने?

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना महामारीबाट बच्न सुरक्षितरुपमा व्यापार व्यवसाय गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले तेस्रो लहर बढेसँगै व्यापार व्यवसाय सञ्चालनमा पनि निकै सावधानी अपनाउन जरुरी भएको बताएको छ।

मन्त्रालयले व्यवसाय गर्दा कुनै सतह हातले छोइएपछि स्यानिटाइजर प्रयोग गर्न तथा साबुनपानीले हात धुन अनुरोध गरेको छ। साथै भिडभाड हुन नदिन भुइँमा रंगिन टेप, पेन्ट वा चकले गोलो घेरा वा संकेत बनाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

हातले धेरै छोइने सतहहरु तथा उपकरणहरु निरन्तर निसंक्रमण गर्न तथा हावा ओहोरो-दोहोर हुन दिन आफ्नो पसल, रेस्टुरेन्ट वा कार्यस्थलको ढोका, झ्याल र भेन्टिलेटर खुल्लै राख्न, मानिस-मानिसबीचको सम्पर्क कम गर्न सम्भव भएसम्म अनलाइन भुक्तानी र होम डेलिभरीलाई प्राथमिकतामा राख्न साथै ग्राहकसँग २ मिटरको भौतिक दुरी पनि कायम राख्न मन्त्रालयले आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published.