‘मन्त्रालयबाट कोठे जवाफ दिएर सिटामोल अभाव छैन भन्ने?’

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपाल जनस्वास्थ्य विद्यार्थी संघले बजारमा सिटामोल अभाव छैन भनेर स्वास्थ्य मन्त्रालयले कोठे जवाफ दिएको आरोप लगाएको छ। विज्ञप्ति जारी गर्दै संघले जनताले सिटामोल समेत पाउन नसकेको अवस्थामा समग्र स्वास्थ्य क्षेत्र बिचौलियाको चंगुलमा फसेको र सरकार केवल मुकदर्शक बनेको आरोप लगाएको हो।

‘स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागले बजारमा सिटामोलको अभाव नभएको जिकिर गरिरहँदा नेपाल जनस्वास्थ्य विद्यार्थी संघ प्रश्न गर्दछ कि सिटामोलको अभाव कुन बजारमा छैन? मन्त्रालयको एउटा कोठाबाट कोठे जवाफ दिने कि वास्तविकता बोल्ने? जनताले सिटामोलसमेत पाउन नसकेको अवस्थामा समग्र स्वास्थ्य सेवा बिचौलियाको चंगुलमा फसेको र सरकार केवल मुकदर्शक बनेको हाम्रो ठहर छ।’, संघले भनेको छ।

सरकारले पिसिआर परीक्षण शुल्क समायोजन गरे पनि अझै केही सरकारी र निजी अस्पताल तथा प्रयोगशालाले पुरानै शुल्क लिइरहेको आरोप पनि संघले लगाएको छ।



Leave a Reply

Your email address will not be published.