थप ६ हजार ४६२ जना संक्रमण पुष्टि

बितेको चौबिस घण्टामा ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १३ हजार ३७७ पिसिआर र ४ हजार ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार यो बीचमा ४ जना संक्रमितको निधन भएको छ।
अहिले देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।