संयुक्त विद्यार्थी संगठनद्वारा केएमसीमा तालाबन्दी

हेल्थपोस्ट नेपाल

काठमाडाैं – काठमाडौं मेडिकल कलेज (केएमसी) मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छ।

संगठनले आइतबार चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै तादाबन्दी गरेको जनाएको छ।

संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति जारी गदै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ।

संयुक्त विद्यार्थीका तर्फबाट नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले भने, ‘एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीहरुलाई भर्नामा अभिरिक्त शुल्क मागेको र अभिभावकलाई केएमसी कलेज प्रशासनले धम्की दिएको छ। अनि छात्राबासलाई अनिवार्य बनाई नियमविपरीत चर्को मूल्‍य लिन खोज्‍नु विद्यार्थी र अभिभावकलाई लुट्‍ने प्रयास हो।’

यस्तै सबै मेडिकल कजेलहरुको पठनपाठन सहज नबनेसम्‍म काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न संयुक्त विलार्थी संगठनले माग गरेको छ।

विद्यार्थी संगठनहरुले जाजय मागको सम्बोधन नभए आन्दोलनले नै सबै विषयको छिनोफानो हुनेसमेत चेतावनी दिएका छन्।

 



Leave a Reply

Your email address will not be published.