काठमाडौं उपत्यकामा थपिए ५ हजार ३०६ कोरोना संक्रमित, सक्रियको संख्या ४७ हजार

हेल्थपोस्ट नेपाल

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा सबैभन्दा बढी ३ हजार ७६२ संक्रमित थपिएका छन्।

यस्तै ललितपुरमा १ हजार ११० र भक्तपुरमा ४३४ संक्रमित थपिएका छन्।

योसँगै काठमाडौं उपत्यकामा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ८७ हजार ३०१ पुगेको छ। जसमध्ये ३ लाख ३६ हजार ८७४ संक्रमणमुक्त भएका छन् भने ३ हजार ४०३ जनाको मृत्यु भएको छ।

हाल उपत्यकामा ४७ हजार २४ सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.