भारतमा ३ लाख ३७ हजार कोरोना संक्रमित थपिए, ४८८ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ३७ हजार ७०४ जनामा कोरफना संक्रमण पुष्टि भएको छ। लगातार तेस्रो दिन ३ लाख भन्दा बढीमा कोरोना पुष्टि भएको हो।

योसँगै भारतमा संक्रिय संक्रमितको संख्या २१ लाख नाघेको छ। देशभर २१ लाख १३ हजार ३६५ सक्रिय संक्रमित रहेका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

सोही समयमा २ लाख ४२ हजार ६७६ संक्रमित संक्रमणमुक्त भएका छन् भने ४८८ संक्रमितको मृत्यु भएको छ।

भारतमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ८९ लाख ३ हजार ७३१ पुगेको छ। जसमध्ये ३ करोड ६३ लाख १ हजार ४८२ संक्रमणमुक्त भइसकेका छन् भने ४ लाख ८८ हजार ८८४ संक्रमितको मृत्यु भएको छ।

भारतमा ओमिक्रोनबाट संक्रमण हुनेको संख्या १० हजार ५० पुगेको छ।



Leave a Reply

Your email address will not be published.