नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख नाघ्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १० लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख ६ हजार ५९१ पुगेको छ।

सोही समयमा ७६६ संक्रमित संक्रमणमुक्त भएका छन् भने तीनजनाको मृत्यु भएको छ। योसँगै ८ लाख १९ हजार ५७५ संक्रमित संक्रमणमुक्त भएका छन् भने ११ हजार ६३५ संक्रमितको मृत्यु भएको छ।

आजसम्म देशभर ६५ हजार ३७४ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये होम आइसोलेसनमा ६३ हजार ७३४ संक्रमित रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार ६४० संक्रमित रहेका छन्। १९४ संक्रमितको आइसियुमा र ३५ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

 



Leave a Reply

Your email address will not be published.